Kathmandu Press

मुख्यमन्त्री आचार्यले गरे मन्त्रिपरिषद विस्तार, थपिए पाँच मन्त्री

विराटनगर, भदौ ३० : प्रदेश १ को मन्त्रिपरिषद विस्तार गरिएको छ।मुख्यमन्त्री भीम आचार्यले आज (बुधबार) पाँच नयाँ मन्त्री थपेर मन्त्रिपरिषद विस्तार गरेका हुन्। यसअघि...
मुख्यमन्त्री आचार्यले गरे मन्त्रिपरिषद विस्तार, थपिए पाँच मन्त्री

विराटनगर, भदौ ३० : प्रदेश १ को मन्त्रिपरिषद विस्तार गरिएको छ।

मुख्यमन्त्री भीम आचार्यले आज (बुधबार) पाँच नयाँ मन्त्री थपेर मन्त्रिपरिषद विस्तार गरेका हुन्। यसअघि तीन सदस्यीय रहेको मन्त्रिपरिषद अब आठ सदस्यीय भएको छ।

थपिएका मध्ये तुलसीप्रसाद न्यौपाने आर्थिक मामिला तथा योजना मन्त्री बनाइएका छन् भने हिरा थापालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ।

अरू तीनजनालाई राज्यमन्त्रीको नियुक्ति दिइएको छ। लीलाबल्लभ अधिकारीलाई आन्तरिक मामिला राज्यमन्त्री, उत्तम बस्नेतलाई उद्योग, वन, पर्यटन राज्यमन्त्री र ज्ञानेश्वर राजवंशीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री बनाइएको छ। 

प्रकाशित मिति: १७:४८ बजे, बुधबार, भदौ ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्