Kathmandu Press

बौद्धबाट १४ जना रोहिंग्या शरणार्थी पक्राउ

काठमाडौं, भदौ ३० : काठमाडौंको बौद्धबाट १४ जना रोहिंग्या शरणार्थी पक्राउ परेका छन्।प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले आज (बुधबार) अवैध रुपमा नेपाल प्रवेश...
बौद्धबाट १४ जना रोहिंग्या शरणार्थी पक्राउ

काठमाडौं, भदौ ३० : काठमाडौंको बौद्धबाट १४ जना रोहिंग्या शरणार्थी पक्राउ परेका छन्।

प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले आज (बुधबार) अवैध रुपमा नेपाल प्रवेश गरेका उनीहरुलाई पक्राउ गरेको हो। 

बंगलादेशबाट स्थलमार्ग हुँदै उनीहरु झापाको काँकडभिट्टा सीमा नाकाबाट नेपाल प्रवेश गरेको र दलालका माध्यमबाट दुई दिनअघि उनीहरू बौद्ध आइपुगेको प्रहरीको भनाइ छ। 

केही वर्षयता बंगलादेशमा दमनको क्रम बढ्न थालेपछि त्यहाँका हजारौं रोहिंग्याहरु विस्थापित बनेको र केही संख्यामा यसअघि नै शरणार्थी बनेर काठमाडौं प्रवेश गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनीहरुलाई पक्राउ गरेर अध्यागमन कार्यालयमा बुझाइएको छ। 
 
हाल २ सयको हाराहारीमा रोहिंग्या काठमाडौंको कपनमा शरणार्थीका रूपमा बस्दै आएका छन्।

प्रकाशित मिति: १६:५५ बजे, बुधबार, भदौ ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्