Kathmandu Press

उत्तर कोरियाद्वारा क्षेप्यास्त्र परीक्षण

सोल, भदौ ३० : उत्तर कोरियाले बुधबार दिउँसो दुई क्षेप्यास्त्र परीक्षण गरेको छ।देशको पूर्वी समुद्रमा क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाका उच्च अधिकारीहरुले जानकारी...
उत्तर कोरियाद्वारा क्षेप्यास्त्र परीक्षण

सोल, भदौ ३० : उत्तर कोरियाले बुधबार दिउँसो दुई क्षेप्यास्त्र परीक्षण गरेको छ।

देशको पूर्वी समुद्रमा क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाका उच्च अधिकारीहरुले जानकारी दिएका छन्।

उत्तर कोरियाको मध्य भागबाट क्षेप्यास्त्र प्रहार भएको पनि बताइएको छ। दक्षिण कोरियाको समाचार संस्था योन्हापले स्रोतलाई उल्लेख गर्दै सम्प्रेषण गरेको समाचारमा क्षेप्यास्त्र परीक्षणका प्रारम्भिक विवरणहरु मात्रै उल्लेख छन्।
 
अमेरिकी गुप्तचर निकायका अधिकारीहरुले पनि क्षेप्यास्त्र परीक्षणका बारेमा थप सूचना संकलन भइरहेको जनाएका छन्।

प्रकाशित मिति: १५:१३ बजे, बुधबार, भदौ ३०, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्