Kathmandu Press

ब्राजिलमा जहाज दुर्घटनामा एकै परिवारका पाँचसहित सात जनाको मृत्यु

साओ पाओलो, भदौ ३० : ब्राजिलको ग्रामीण क्षेत्रमा रहेको पिराकिबा नगरपालिका नजिकै मंगलबार भएको एक जहाज दुर्घटनामा परी कम्तीमा पनि सात जनाको ज्यान गएको...
ब्राजिलमा जहाज दुर्घटनामा एकै परिवारका पाँचसहित सात जनाको मृत्यु

साओ पाओलो, भदौ ३० : ब्राजिलको ग्रामीण क्षेत्रमा रहेको पिराकिबा नगरपालिका नजिकै मंगलबार भएको एक जहाज दुर्घटनामा परी कम्तीमा पनि सात जनाको ज्यान गएको छ।

मृत्यु हुनेमा सो जहाजका चालक, सहचालक र अरु पाँच जना यात्रु रहेका छन्। ती यात्रुहरु सबै जना एकै परिवारका रहेका बताइएको छ। 

सो जहाल साओ पाओलो नगरबाट करिब १६४ किलोमीटर दक्षिणपश्चिमी क्षेत्रमा रहेको पिराकिबा नगरको पिराकिबा विमानस्थलबाट छुटेको थियो।

दुर्घटनाको कारण अनुसन्धानरत रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १५:१२ बजे, बुधबार, भदौ ३०, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्