Kathmandu Press

करेन्ट लागेर मकवानपुरमा एकजनाको मृत्यु

मकवानपुर, भदौ ३० : करेन्ट लागेर मकवानपुरमा एकजनाको मृत्यु भएके छ।मनहरी गाउँपालिका–६ जोगिताल बस्ने ३५ वर्षीय रामलाल तामाङको  करेन्ट लागेर मंगलबार राति मृत्यु...
करेन्ट लागेर मकवानपुरमा एकजनाको मृत्यु

मकवानपुर, भदौ ३० : करेन्ट लागेर मकवानपुरमा एकजनाको मृत्यु भएके छ।

मनहरी गाउँपालिका–६ जोगिताल बस्ने ३५ वर्षीय रामलाल तामाङको  करेन्ट लागेर मंगलबार राति मृत्यु भएको छ।

उनको घरदेखि करिब २ सय मिटर टाढा खेतमा जंगली हात्ती लखेट्न जाँदा हात्तीले एक्कासि आक्रमण गरी भाग्ने क्रममा खेतबाली संरक्षण गर्न राखिएको सोलारको तारमा परी करेन्ट लागेर गम्भीर घाइते भएका उनको भरतपुर अस्पताल चितवनमा उपचारको क्रममा मृत्यु भएको हो। 

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 
 

प्रकाशित मिति: १३:३१ बजे, बुधबार, भदौ ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्