Kathmandu Press

६ वर्षसम्म पनि बनेन स्वास्थ्य चौकी

पाल्पा, भदौ ३० : जिल्लाको रैनादेवी छहरा गाउँपालिका–५ स्थित मुझुङ्ग स्वास्थ्य चौकी भवन ६ वर्षसम्म सम्पन्न हुन सकेको छैन।५१ लाख रुपैयाँ लगानीमा विसं २०७२...
६ वर्षसम्म पनि बनेन स्वास्थ्य चौकी

पाल्पा, भदौ ३० : जिल्लाको रैनादेवी छहरा गाउँपालिका–५ स्थित मुझुङ्ग स्वास्थ्य चौकी भवन ६ वर्षसम्म सम्पन्न हुन सकेको छैन।

५१ लाख रुपैयाँ लगानीमा विसं २०७२ मा निर्माण सुरुआत गरिएको सो भवन निर्माणको जिम्मा डीवी कन्सट्रक्सनले लिएको थियो। क्रमागत बजेटमा काम थालेको र पहिलो वर्ष काम भए पनि दोस्रो वर्षदेखि हालसम्म काम रोकिएको स्थानीय बासिन्दा पदम सोमैले जानकारी दिए।

छ वर्षका अवधिमा स्वास्थ्य चौकी निर्माणाधीन क्षेत्रमा घाँसको झाडी मात्र छ। तत्कालीन शान्ति मन्त्रालयको बजेटमार्फत सञ्चालित आयोजना कुन मन्त्रालयले काम गर्ने भन्ने अझै टुङ्गो नहुँदा अधिकांश योजना अलपत्र अवस्थामा छन्। 

एक करोड ४० लाख बजेट विनियोजन गरी सो स्वास्थ्य सस्थाको पुनः निर्माण सम्पन्न गर्न बोलपत्र आह्वान प्रक्रिया भइसकेको गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले जानकारी दिए। 
 

प्रकाशित मिति: १३:०४ बजे, बुधबार, भदौ ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्