Kathmandu Press

भारतमा थप २७ हजारमा कोरोना संक्रमण 

नयाँ दिल्ली, भदौ ३० : भारतमा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा थप २७ हजार १७६ जना सङ्क्रमित भएका छन्। पछिल्लो चरणमा एक दिनमा ३० हजारभन्दा...
भारतमा थप २७ हजारमा कोरोना संक्रमण 

नयाँ दिल्ली, भदौ ३० : भारतमा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा थप २७ हजार १७६ जना सङ्क्रमित भएका छन्। 

पछिल्लो चरणमा एक दिनमा ३० हजारभन्दा कम सङ्क्रमित भएको यो चौथो दिन हो। केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा भारतमा कोरोनाका कारण २८४ जनाको मृत्यु भएको छ।
 
कुल सङ्क्रमित मध्ये १५ हजार ८७६ जना केरला प्रदेशका मात्रै रहेका छन्। त्यसैगरी केरलामा मृत्यु भएकाहरुको सङ्ख्या १२९ रहेको छ। मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म देशभर कुल सङ्क्रमितहरुको सङ्ख्या तीन करोड ३३ लाख १६ हजार ७५५ रहेको छ। 

ती मध्ये तीन करोड २५ लाख २२ हजार १७१ जना सङ्क्रमणमुक्त भएका छन्।

प्रकाशित मिति: १२:४० बजे, बुधबार, भदौ ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्