सुनको मूल्यमा ६ सय रुपैयाँ वृद्धि, चाँदीको स्थिर
काठमाडौं, भदौ ३० : नेपाली बजारमा सुनको मूल्य ६ सय रुपैयाँले उकालो लागेको छ।मंगलबार प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल...
काठमाडौं, भदौ ३० : नेपाली बजारमा सुनको मूल्य ६ सय रुपैयाँले उकालो लागेको छ।
मंगलबार प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार ९१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै तेजाबी सुन तोलाको ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महमासंघको भनाइ छ।
चाँदीको मूल्य भने स्थिर रहेको छ। बुधबार चाँदी प्रतितोला १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
मंगलबार पनि चाँदीको मूल्य त्यही नै थियो।
प्रकाशित मिति: १२:२६ बजे, बुधबार, भदौ ३०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











