Kathmandu Press

पर्साबाट प्रतिबन्धित भारतीय नोटसहित एक पक्राउ

पर्सा, भदौ ३० : पर्सा प्रहरीले प्रतिबन्धित भारतीय नोटसहित एक जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा पर्सा बहुदरमाई नगरपालिका(४ का २५ वर्षीय अजयकुमार शर्मा रहेको...
पर्साबाट प्रतिबन्धित भारतीय नोटसहित एक पक्राउ

पर्सा, भदौ ३० : पर्सा प्रहरीले प्रतिबन्धित भारतीय नोटसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पर्सा बहुदरमाई नगरपालिका(४ का २५ वर्षीय अजयकुमार शर्मा रहेको प्रहरीले जनाएको छ।

शर्मालाई बुधबार अपरान्ह ५ बजे पक्राउ गरिएको पर्सा प्रहरीले जानकारी दिएको छ । 

पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार भारतबाट वीरगञ्ज आउँदै गरेको ना१५प २३७२ नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच गर्दा शर्मा पक्राउ परेका हुन्।

उनको साथबाट १ लाख ४८ हजार ५०० रुपैयाँ प्रतिबन्धित भारतीय नोट बरामद भएको खनालले बताए।

नेपालमा ५०० रुपैयाँको भारतीय नोट प्रतिबन्ध छ । शर्माको साथबाट प्रतिबन्धित नोट बरामद भएको हो । 

शर्मालाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको छ प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: ११:५४ बजे, बुधबार, भदौ ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्