Kathmandu Press

८ दिनपछि भेटियो बेपत्ता बालिकाको शव

पाँचथर, भदौ ३० : पाँचथरमा हेंवाखोलाले बगाएपछि बेपत्ता रहेकी बालिकाको शव आठ दिनमा फेला परेको छ।जिल्ला प्रहरी कार्यालयका अनुसार भदौ २१ गते फिदिम नगरपालिका–४...
८ दिनपछि भेटियो बेपत्ता बालिकाको शव

पाँचथर, भदौ ३० : पाँचथरमा हेंवाखोलाले बगाएपछि बेपत्ता रहेकी बालिकाको शव आठ दिनमा फेला परेको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार भदौ २१ गते फिदिम नगरपालिका–४ हेंवाखोलामा नुहाउने क्रममा खोलाले बगाई बेपत्ता भएकी हिलिहाङ गाउँपालिका–७ सल्लेरीका गजेन्द्र योङ्याकी चार वर्षीया छोरी आँचलको शव मंगलबार फेला परेको हो।

Hardik ivf

बालिका वेपत्ता भएको स्थानबाट करिब १०० मिटर तल पुलको मुनि चेपमा बालिकको शव रहेको स्थानीयले खबर गरेपछि प्रहरी टोली पुगेको थियो।

शव फेला परेपछि कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि जिल्ला अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक डम्बर विश्वकर्माले बताए।

प्रकाशित मिति: १०:०२ बजे, बुधबार, भदौ ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्