Kathmandu Press

अवरुद्ध मुग्लिन–नौबिसे सडक दुईतर्फी सञ्चालन

मुग्लिन, भदौ ३० : पहिरोका कारण अवरुद्ध मुग्लिन–नौबिसे सडक सञ्चालनमा आएको छ । गए राति २ः०० बजेदेखि अवरुद्ध सडक पहिरो हटाएसँगै अहिले दुइतर्फी सञ्चालनमा...
अवरुद्ध मुग्लिन–नौबिसे सडक दुईतर्फी सञ्चालन

मुग्लिन, भदौ ३० : पहिरोका कारण अवरुद्ध मुग्लिन–नौबिसे सडक सञ्चालनमा आएको छ । गए राति २ः०० बजेदेखि अवरुद्ध सडक पहिरो हटाएसँगै अहिले दुइतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।

पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकै  सडकमाथिबाट पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको थियो। सडक सञ्चालन भएसँगै सवारी साधन गन्तव्यतर्फ लागेका छन्। 
 

प्रकाशित मिति: ०९:२० बजे, बुधबार, भदौ ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्