Kathmandu Press

टेलिकमले ल्यायो 'नमस्ते पे' सेवा

काठमाडौं, भदौ ३० : सरकारी स्वामित्वको नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको मुख्य लगानी रहेको नेपाल पेमेन्ट कम्पनी लिमिटेडले ‘नमस्ते पे’ सार्वजनिक गरेको...
टेलिकमले ल्यायो 'नमस्ते पे' सेवा

काठमाडौं, भदौ ३० : सरकारी स्वामित्वको नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको मुख्य लगानी रहेको नेपाल पेमेन्ट कम्पनी लिमिटेडले ‘नमस्ते पे’ सार्वजनिक गरेको छ।

लामो समयको तयारी पश्चात कम्पनीले मोबाइल मनी सेवा सञ्चालनमा ल्याएको हो। मोबाइल वित्तीय सेवामार्फत वित्तीय पहुँचको विस्तार गर्न तथा डिजिटल नेपालको अवधारणा साकार पार्न सघाउ पुर्‍याउने उद्देश्यले २०७६ वैशाख १९ गते नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकबीच औपचारिक समझदारी भएको थियो।

सो सम्झौताअनुसार टेलिकमको सहायक कम्पनीको रुपमा नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेड स्थापना गरिएको थियो। कम्पनीका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद भण्डारीले सेवा सञ्चालनमा ल्याइएको जानकारी दिए।

सुरुआती चरणमा मोबाइल मनी सेवा एण्ड्रोइड फोनमा सञ्चालन गर्न सकिनेछ। सिइओ भण्डारीले ९५ प्रतिशतभन्दा बढी एण्ड्रोइड मोबाइलका प्रयोगकर्ता रहेको भन्दै सुरुआती चरणमा सो मोबाइलमा सेवा सञ्चालन गर्न सकने जानकारी दिए। कम्पनीले विस्तारै आइओएस मोबाइलमा समेत सेवा सञ्चालन गर्न सकिनेछ।

स्मार्ट फोनको अलाबा सामान्य फोनबाट पनि किबोर्ड प्रयोग गरी युएसएसडि प्रविधिको माध्यमबाट इन्टरनेट नभएको स्थानमा मोबाइल वित्तीय सेवा सञ्चालन गर्न सकिनेछ। हाल नेपाल टेलिकमको नेटवर्कमा उपलब्ध सो सेवा प्रयोगको लागि #५००* डायल गरी सेवा प्रयोग गर्न सकिनेछ।

यस सेवालाई पनि क्रमशः थप विविधिकरण गर्दै लगिनेछ। यसरी खोलिएको खाताबाट पाँच हजार रुपैयाँसम्मको कारोबार गर्न सकिनेछ भने सो सेवालाई क्रमशः थप विविधिकरण गर्दै लगिने कम्पनीले जनाएको छ।

यस प्रथम चरणको सेवामा नेपाल टेलिकमको मोबाइल टपअप, विद्युत् महसुल तथा खानेपानी महसुल भुक्तानीको सेवाहरू उपलब्ध हुनेछन्। यसैगरी मोबाइल वालेटमा पैसा लोड गर्नको लागि नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंकसहित करिब ९ वटा बैंकहरूको खाता लिंक गरी पैसा लोड गर्न सकिनेछ भने बाँकी बैंकहरूबाट पैसा लोड गर्नको लागि क्रमशः व्यवस्था गर्दै लगिने कम्पनीले जनाएको छ।

बैंकहरूसँगै कम्पनीको देशव्यापी एजेण्ट नेटवर्कबाट पैसा लोड गर्ने सुविधा पनि यथाशिघ्र शुरु गरिनेछ। यसका लागि एजेण्ट नेटवर्क तयार गर्ने कार्य भैरहेको छ। कम्पनीले नमस्ते पे वालेट छुट्टै मोबाइल वालेट सेवा रहेको भन्दै मोबाइलमा ब्यालेन्सबाट नै पैसाको उपयोग गर्न नसकिने जनाएको छ। वालेटमा बैंक वा एजेण्ट नेटवर्कमार्फत रकम लोड गरेर मात्र विद्युतीय भुक्तानीको लागि प्रयोग गर्न सकिनेछ।

सरकारीस्टरबाट पहिलो पटक सञ्चालन हुन लागेको पेमेन्ट गेटवेमा ४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ। यसअघि निजी क्षेत्रको लगानीमा सञ्चालित गेटवेको भन्दा नमस्ते पेको चुक्ता पुँजी बढी रहेको छ। (रासस)

प्रकाशित मिति: ०८:०९ बजे, बुधबार, भदौ ३०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्