आजबाट कक्षा १२ को परीक्षा सञ्चालन हुँदै
काठमाडौं, भदौ ३० : आजबाट कक्षा १२ को परीक्षा सञ्चालन हुन लागेको छ।कोरोना भाइरसको कारण स्थगित भएको कक्षा १२ को परीक्षा आजबाट सञ्चालन....jpg)
काठमाडौं, भदौ ३० : आजबाट कक्षा १२ को परीक्षा सञ्चालन हुन लागेको छ।
कोरोना भाइरसको कारण स्थगित भएको कक्षा १२ को परीक्षा आजबाट सञ्चालन गर्न लागिएको हो। परीक्षाको सबै तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।
बोर्डका अनुसार आज बिहान ११ बजेदेखि २ बजेसम्म परीक्षा सञ्चालन हुनेछ। यस पटक होम सेन्टर तय गरिएको छ।
सरकारले तोकेको स्वास्थ्य मापदण्ड र सामाजिक दूरी पालना गरी परीक्षा संचालन गरिने बोर्डले जनाएको छ। त्यसैअनुसार परीक्षा केन्द्रलाई निर्देशन दिइएको छ।
१८ वर्ष नाघेका कक्षा १२ का विद्यार्थीलाई भने कोरोना विरुद्धको खोप लगाइएको छ। कक्षा १२ को परीक्षा असोज ८ गतेसम्म संचालन हुने बोर्डका सदस्यसचिव दुर्गा अर्यालले बताए।
यसअघि साउन ३१ गतेबाट हुने भनिएको परीक्षा स्थगित गरिएको थियो। त्यसअघि वैशाखमा पनि परीक्षाको तयारी गरिएको थियो।
प्रकाशित मिति: ०९:१३ बजे, बुधबार, भदौ ३०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











