Kathmandu Press

टिकटक बनाउँदा सेती नदीमा वेपत्ता भईन् नवदुलही 

काठमाडौं, भदौ २९ : तनहुँको शुक्लागण्डकी नगरपालिका–८, सेती नदी पुलचोकस्थित रक गार्डेन मा टिकटक बनाउने क्रममा नदीमा खस्दा नवदुलही बेपत्ता भएकी छिन् ।बेपत्ता...
टिकटक बनाउँदा सेती नदीमा वेपत्ता भईन् नवदुलही 
सेती नदी छेउमै रहेको रक गार्डेन । फाइल तस्बिर

काठमाडौं, भदौ २९ : तनहुँको शुक्लागण्डकी नगरपालिका–८, सेती नदी पुलचोकस्थित रक गार्डेन मा टिकटक बनाउने क्रममा नदीमा खस्दा नवदुलही बेपत्ता भएकी छिन् ।

बेपत्ता हुनेमा लालिम माइत भएकी १९ बर्षीया पवित्रा लम्साल रहेको ईलाका प्रहरी कार्यालय बेलचौताराले काठमाडौंले प्रेसलाई बतायो । करिब पाँच दिन अघि मात्र वैवाहिक सम्बन्धमा बाधिएकी लम्साल दुरान फर्काउन माईती आएको बुझिएको छ ।

मंगलबार दिउँसो संगै पढ्ने आफ्ना दुई साथीहरुसंग घुम्नका लागि पुलचोक गएकी उनी साथीहरुसंग टिकटक बनाउने क्रममा अचानक चिप्लिएर बेपत्ता भएको उनी सँगै गएका साथीहरुले बताएको प्रहरीले जनाएको छ । 

नदीमा खसेपछि साथीहरुले प्रहरीलाई खबर गरेपछि अहिले स्थानीय आफन्त र प्रहरीको सहयोगमा उनको खोजी कार्य जारी रहेको छ । 
 

प्रकाशित मिति: २०:१२ बजे, मंगलबार, भदौ २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्