५३४ जनाको कैद मिनाह गर्न गृहको सिफारिस, ७ जनालाई आममाफी दिईने
काठमाडौं, भदौ २९ : नेपाल सरकार गृह मन्त्रालयले ५३४ जना कैदी बन्दीको कैद मिनाहका लागि मन्त्रिपरिषद्मा सिफारिस गरेको छ ।गृह मन्त्रालयले आज ५०...
काठमाडौं, भदौ २९ : नेपाल सरकार गृह मन्त्रालयले ५३४ जना कैदी बन्दीको कैद मिनाहका लागि मन्त्रिपरिषद्मा सिफारिस गरेको छ ।
गृह मन्त्रालयले आज ५० प्रतिशत कैद भुक्तान गरेका, जेलमा नकारात्मक लिष्टमा नपरेका र असल चालचलन भएका ५३४ जनाको कैद मिनाहका लागि सिफारिस गरेको गृह मन्त्रालय स्रोतले जनाएको छ ।
त्यस्तै गृहले ७ जनालाई आम माफी दिन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस समेत गरेको छ ।
प्रकाशित मिति: १९:४८ बजे, मंगलबार, भदौ २९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











