विमानस्थलबाट तीन किलाे सुनसहित दुई जना पक्राउ
काठमाडौं, भदौ २९ : प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कैलालीका ३० वर्षीय बोधराज भण्डारी र धनुषाका ४७...
काठमाडौं, भदौ २९ : प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कैलालीका ३० वर्षीय बोधराज भण्डारी र धनुषाका ४७ वर्षीय मुरारीराज अधिकारी रहेका छन्।
विमानस्थल सुरक्षा प्रहरी कार्यालयका अनुसार उनीहरु सोमबार काठमाडौंबाट श्री एयरलाइन्समा विराटनगर जान लागेका थिए।
उनीहरुको ब्याग चेक गर्दा तीन किलो तीन सय ६० ग्राम सुनका गरगहना फेला परेको प्रहरीले जनाएको छ।
आन्तरिक उडानबाट विराटनगर जान लागेका उनीहरूको ब्याग एक्सरे मेसिनमा देखिएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो।
उनीहरूलाई थप अनुसन्धानको लागि राजश्व अनुसन्धान विभाग, हरिहरभवन, पुल्चोक पठाएको छ।
प्रकाशित मिति: १९:४० बजे, मंगलबार, भदौ २९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











