Kathmandu Press

माओवादी केन्द्रले बनायो २२ सदस्यीय निर्वाचन आयोग, पार्टीको विधान पारित

काठमाडौं, भदौ २९ : नेकपा माओवादी केन्द्रले पार्टीको विधान पारित गरेको छ ।मङ्गलवार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले आउँदो केन्द्रीय समिति...
माओवादी केन्द्रले बनायो २२ सदस्यीय निर्वाचन आयोग, पार्टीको विधान पारित

काठमाडौं, भदौ २९ : नेकपा माओवादी केन्द्रले पार्टीको विधान पारित गरेको छ ।

मङ्गलवार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले आउँदो केन्द्रीय समिति वा राष्ट्रिय सम्मेलनले परिमार्जनसहित अनुमोदन गर्ने गरी पार्टीको विधान पारित गरेको हो ।

बैठकले पार्टीको निर्वाचन आयोग पनि गठन गरेको छ । विष्णुपुकार श्रेष्ठको संयोजकत्वमा २२ सदस्यीय पार्टीको निर्वाचन आयोग पनि गठन छ ।

आयोगलाई पार्टीको पालिकादेखि केन्द्रसम्मको चुनाव कसरी गर्ने ? भन्ने विषयमा नियमावली र निर्देशिका बनाउने जिम्मेवारी पनि बैठकले दिएको छ ।

प्रकाशित मिति: १९:४० बजे, मंगलबार, भदौ २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्