Kathmandu Press

सिरियामा विदेशी सेना उपस्थितिको पुटिनद्वारा निन्दा

मस्को भदौ २९ : सिरियामा विदेशी सेना उपस्थितिको रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले निन्दा गरेको क्रेमलिनद्वारा जारी एक विज्ञप्तिमा जनाइएको छ। सिरियाका राष्ट्रपति बसर...
सिरियामा विदेशी सेना उपस्थितिको पुटिनद्वारा निन्दा

मस्को भदौ २९ : सिरियामा विदेशी सेना उपस्थितिको रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले निन्दा गरेको क्रेमलिनद्वारा जारी एक विज्ञप्तिमा जनाइएको छ। सिरियाका राष्ट्रपति बसर अल असदसँग भएको अघोषित वार्ताका क्रममा निन्दा गरेको एएफपी समाचार समितिले प्रकाशन गरेको एक समाचारमा जनाइएको छ।  

सन् २०११ को मार्च महिनाबाट सरकार विरोधी प्रदर्शन भएसँगै भड्किएको सिरियाली संघर्षको दौरानमा मस्को असदको शासनकालको एक प्रमुख सहयोगीको रुपमा रहेको छ। सन् २०१५ मा रुसको सैन्य हस्तक्षेपले असदको पक्षमा युद्धको लहरलाई परिवर्तन गर्न मद्दत गरेको थियो। ‘मेरो विचारमा मुख्य समस्या यो हो कि विदेशी सशस्त्र सेनाहरु संयुक्तराष्ट्र संघको अनुमोदन बिना र तपाइँको अनुमति बिना देशका केही क्षेत्रहरुमा रहेका छन् – पुटिनले असदलाई बैठकमा भने। 

Hardik ivf

सिरियामा जारी द्वन्द्वमा रुस र सिरियाको संयुक्त प्रयासलाई सराहना गर्दै पुटिनले भने, ‘उनीहरुको सेनाले विशाल भूभाग सरकारी नियन्त्रणमा फिर्ता लिएको छ।आतंकवादीहरूले धेरै गम्भीर क्षति बेहोरेका र असदको नेतृत्वमा रहेको सिरियाली सरकारले देशको ९० प्रतिशत क्षेत्र नियन्त्रणमा लिएको पुटिनले बताए। 

सिरियाली नेताले असदले पुटिनलाई मस्कोमा भेट्नु एउटा ठूलो सम्मान भएको बताए। यस बैठकमा सिरियाका विदेश मन्त्री फैसल अल मेक्दाद र रुसका रक्षा मन्त्री सर्गेई शोइगुले वार्तामा सामेल भएका थिए। दुबै पक्षहरुबीच सिरियामा विदेशी हस्तक्षेप बिना राजनीतिक सम्झौताहरु हुनुपर्ने विषयमा छलफल भएको बताइएको छ। 

पुटिन र असदबीच ‘आर्थिक सहयोग’ को विषयमा पनि थप छलफल भएको बताइएको छ। सिरियाको लागि रुसले राजनीतिक र सैन्य समर्थन गर्दै आएको छ।

प्रकाशित मिति: १९:२१ बजे, मंगलबार, भदौ २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्