गण्डकीमा थपिए १४१ जना कोरोना संक्रमित
काठमाडौं, भदौ २९ : गण्डकी प्रदेशमा थप १४१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा ९६९ जनाको नमुना परीक्षण गरिएकामा...काठमाडौं, भदौ २९ : गण्डकी प्रदेशमा थप १४१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा ९६९ जनाको नमुना परीक्षण गरिएकामा १४१ जनामा संक्रमण देखिएको हो ।
संक्रमित मध्ये ५९ महिला र ८२ जना पुरुष रहेका छन् । प्रदेशका ४ जिल्लामा गरिएको नमुना परीक्षणमा सवैभन्दा धेरै संक्रमित कास्कीमा भेटिएको प्रदेश स्वास्थ्य आपतकालीन कार्य संचालन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार कास्की ९४, बागलुङ ३, स्याङ्जा १२ म्याग्दी २,पर्वत २, गोरखा ६, तनहुँमा ५ र नवलपरासी पूर्व १७ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८३ हजार ८१३ पुगेको छ । गण्डकीमा मंगलबार नवलपरासी पूर्व, गैडाकोट–१७ की ६२ बर्षिय कोरोना संक्रमित महिलाको मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको छ ।
योसँगै गण्डकीमा कारोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३३३ पुगेको छ । यस्तै, प्रदेशमा पछिल्लो २४ घण्टामा २०१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ८० हजार ७९९ पुगेको छ ।