Kathmandu Press

रोजगारीका लागि इजरायल जानेको भाषा परीक्षाको नतिजा सार्वजनिक 

काठमाडौं, भदौ २९ : केयरगिभरमा रोजगारीका लागि इजरायल जाने श्रमिक छनौटका लागि लिइएको भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ।वैदेशिक रोजगार विभागले सोमबार लिएको...
रोजगारीका लागि इजरायल जानेको भाषा परीक्षाको नतिजा सार्वजनिक 

काठमाडौं, भदौ २९ : केयरगिभरमा रोजगारीका लागि इजरायल जाने श्रमिक छनौटका लागि लिइएको भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ।

वैदेशिक रोजगार विभागले सोमबार लिएको अंग्रेजी भाषाको लिखित परीक्षामा ६ हजार ३ सय १७ जना सहभागी भएकोमा २ हजार ३९ जना उत्तीर्ण भएका छन्। उत्तीर्ण हुनेमा १ हजार ३ सय ९५ जना महिला र ६ सय ४४ जना पुरुष छन्। भाषा परीक्षा उत्तीर्णलाई अब उचाई र तौल परीक्षण तथा अन्तर्वार्तामा सहभागी गराइने विभागले जनाएको छ। इजरायल जाने श्रमिकले एक लाख ६५ हजार रुपैयाँ बुझाउनु पर्नेछ।

इजरायलमा सरकारले नै श्रमिक पठाउन लागेको हो। उनीहरुले बीमा, भिसा, स्वास्थ्य जाँच, हवाई टिकटलगायतका खर्च आफैँ व्यहोर्नुपर्नेछ। लिखित परीक्षा उत्तीर्ण गरी उचाइ र तौल तोकिएअनुसार हुनेहरूको अन्तर्वार्ता मिति समेत तोकिएको छ। उत्तीर्ण भएकाहरूको उचाइ र तौल परीक्षण गरिनेछ। जसका लागि असोज, १, २ र ३ गते बिहान र दिउँसोको समय तोकिएको छभने अन्तर्वार्ता असोज ४ गतेदेखि ९ गतेसम्म हुनेछ।

परीक्षापछि  परीक्षार्थीले प्राप्त गरेको अंक सम्बन्धित व्यक्तिको अनलाइन प्रोफाइलमा विज्ञले प्रविष्ट गरिदिने व्यवस्था छ। सोही प्राप्तांकका आधारमा छनोट समितिले योग्यताक्रम कायम गरी इजरायलबाट प्राप्त मागअनुसारभन्दा २५ प्रतिशत बढी उम्मेद्वारको नामावाली तयार गर्ने विभागले जनाएको छ।

इजरायल जाँदा लाग्ने शुल्क रोजगारदाताले नव्यहोरेको खण्डमा कामदार स्वयंले व्यहोर्नुपर्ने उल्लेख गरिएको छ। भिसा, टिकटलगायत खर्च करिब एक लाख ६५ हजार लाग्ने अनुमान विभागको छ। विभागकाअनुसार नर्सिङ होम तथा केयर होमलगायत संस्थामा उनीहरूले रोजगारी पाउने छन्। 

प्रकाशित मिति: १८:५० बजे, मंगलबार, भदौ २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्