Kathmandu Press

अवैध रुपमा भन्सार छलि ल्याउँदै गरेको सामानहरू बरामद

नवलपरासी (पश्चिम), भदौ २९ : अवैध रुपमा भन्सार छलि भारतबाट नेपालतर्फ ल्याउँदै गरेका करिब ३ लाख १६ हजार ७ सय रुपैयाँ मूल्य बराबरका...
अवैध रुपमा भन्सार छलि ल्याउँदै गरेको सामानहरू बरामद

नवलपरासी (पश्चिम), भदौ २९ : अवैध रुपमा भन्सार छलि भारतबाट नेपालतर्फ ल्याउँदै गरेका करिब ३ लाख १६ हजार ७ सय रुपैयाँ मूल्य बराबरका विभिन्न सामानहरू प्रहरीले बरामद गरेकाे छ।

प्रहरीले पाल्लीनन्दन गाउँपालिका ४ भक्सिपुरबाट मंगलबार बिहान सामान बरामद गरेको हाे। 

सिमा प्रहरी चौकी महेशपुर नवलपरासी पश्चिमबाट खटिएको प्रहरीलाई देख्नासाथ अपरिचित व्यक्तिले मोटरसाइकलमा ल्याउँदै गरेको करिब २ लाख ८२ हजार ४ सय रुपैयाँ बराबरको भिडिओ क्यामराको पार्टपूर्जाहरु र ३४ हजार ३ सय रुपैयाँ बराबरको हार्डवयरका सामानहरु सोही स्थानमा छाडेर मोटरसाइकल लिई फरार भएपछि प्रहरीले बरामद गरेको हो। 

हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १८:४१ बजे, मंगलबार, भदौ २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्