सेनाले उपभोक्ता समितिलाई हस्तान्तरण गर्यो तालहरू
नेपाली सेनाले चितवनका तीनवटा ताल पुनर्निर्माणपछि स्थानीय उपभोक्ता समितिलाई हस्तान्तरण गरेको छ ।
काठमाडौं, भदौ २९ : नेपाली सेनाले चितवनका तीनवटा ताल पुनर्निर्माणपछि स्थानीय उपभोक्ता समितिलाई हस्तान्तरण गरेको छ ।
भरतपुर महानगर-६ स्थित किङ्फिसर पहिलो, दोस्रो र तेस्रो तालको पुनर्निर्माणपछि संरक्षणका लागि उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको हो ।
भरतपुर महानगरकी मेयर रेणु दाहालले ती ताल उपभोक्तालाई हस्तान्तरण गरेकी हुन् ।
प्रकाशित मिति: १७:०५ बजे, मंगलबार, भदौ २९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












