Kathmandu Press

थप १५६२ जनामा कोरोना संक्रमण पुष्टि, १९ को मृत्यु

छिल्लो २४ घण्टामा कुल १४ हजार ४४३ जनाको नमुना परीक्षण गर्दा १५६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
थप १५६२ जनामा कोरोना संक्रमण पुष्टि, १९ को मृत्यु

काठमाडौं, भदौ २९ : पछिल्लो २४ घण्टामा देशभर १५६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कुल १४ हजार  ४४३ जनाको नमुना परीक्षण गर्दा १,५६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यसैगरी पछिल्लो २४ घण्टामा १ हजार ५८९ जना कोरोनामुक्त भएका छन् भने थप १९ जनाको संक्रमणका कारण मृत्यु भएको छ।

यस्तै, काठमाडौं उपत्यकामा ४०४ कोरोना संक्रमित थपिएका छन्। 

काठमाडौंका २९४, ललितपुरका ६२ र भक्तपुरमा ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १६:४५ बजे, मंगलबार, भदौ २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्