सर्वोच्चको अन्तरिम आदेश- सांसद भट्ट र पाण्डेलाई एकीकृत समाजवादीमा जान नरोक
सर्वोच्च अदालतले प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डे र राष्ट्रियसभा सदस्य शारदादेवी भट्टलाई नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्न नरोक्न अन्तरिम आदेश दिएको छ।
काठमाडौं, भदौ २९ : सर्वोच्च अदालतले प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डे र राष्ट्रियसभा सदस्य शारदादेवी भट्टलाई नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्न नरोक्न अन्तरिम आदेश दिएको छ ।
न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको इजलासले मंगलबार यस्तो आदेश दिएको हो । पाण्डे र भट्टले आफूहरूलाई निर्वाचन आयोगले एकीकृत समाजवादीमा प्रवेश गर्न रोकेको उल्लेख गर्दै रिट दायर गरेका थिए ।
सर्वोच्चले उनीहरूलाई एकीकृत समाजवादीमा प्रवेश गर्न रोक्ने कुनै काम कारवाही नगर्न-नगराउन आदेश दिएको छ ।
सर्वोच्चको आदेशसँगै संघीय संसदमा एकीकृत समाजवादीका सांसद संख्या ३१ पुगेको छ ।


प्रकाशित मिति: १६:०२ बजे, मंगलबार, भदौ २९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











