Kathmandu Press

चोरिएको उमा–महेश्वरको मूर्ति नेपाललाई हस्तान्तरण

काठमाडौं, भदौ २९ : करिब ५०वर्षअघि काठमाडौंबाट चोरी भएर अमेरिकामा अवैध रुपमा बेचिएको दशौं शताब्दीतिरको उमा–महेश्वर मूर्ति अमेरिकाले नेपाललाई हस्तान्तरण गरेको छ।अमेरिकाको कोलोराडोस्थित डेनभर...
चोरिएको उमा–महेश्वरको मूर्ति नेपाललाई हस्तान्तरण

काठमाडौं, भदौ २९ : करिब ५०वर्षअघि काठमाडौंबाट चोरी भएर अमेरिकामा अवैध रुपमा बेचिएको दशौं शताब्दीतिरको उमा–महेश्वर मूर्ति अमेरिकाले नेपाललाई हस्तान्तरण गरेको छ।

अमेरिकाको कोलोराडोस्थित डेनभर आर्ट म्युजियमले अमेरिकास्थित नेपाली राजदूतावासलाई उमा महेश्वरको मूर्ति हस्तान्तरण गरेको हो। उक्त म्युजियमको टोलीले अमेरिकास्थित नेपाली राजदूत डा. युवराज खतिवडालाई मूर्ति हस्तान्तरण गरेको हो। 

यो मूर्ति ललितपुरको पाटनबाट ६० वर्षअघि चोरी भएको लैनसिंह बाङ्देलले लेखेको पुस्तक ‘स्टोलन इमेजेज् अफ नेपाल’ उल्लेख छ। यो मूर्ति सन् १९६० को मध्यतिर चोरी भएको उनले पुस्तकमा लेखेका छन्।

यो मूर्ति इडविन एफ उलमन दम्पतीले सन् १९८० मा म्युजियमलाई उपहारस्वरुप दिएका थिए । यो मूर्ति त्यसयता उक्त म्युजियममै प्रदर्शनीमा राखिँदै आएको थियो । नेपालबाट चोरी भएको यो मूर्ति उलमन दम्पतीले सन् १९६८ मा भारतको राजधानी नयाँ दिल्लीबाट किनेका थिए ।

दिल्लीस्थित ‘सुन्दरम् वर्क अफ आर्टस् एन्ड ह्यान्डिक्राफ्ट्स’ बाट आफूहरुले किनेर अमेरिका लगेको उनीहरुले जानकारी दिएका थिए । अन्य कयौं मूर्ति संकलन गरेका उनीहरुले उमा–महेश्वरको मूर्ति भने म्युजियमलाई उपहारस्वरुप प्रदान गरेका थिए । 

पछिल्लो समय नेपालबाट चोरी भएका मूर्तिहरू धमाधम अमेरिकाबाट फिर्ता ल्याउने क्रम चलिरहेको छ । यसअघि पनि अमेरिकाबाट केही मूर्ति फिर्ता ल्याइसकिएको छ ।

प्रकाशित मिति: १५:३८ बजे, मंगलबार, भदौ २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्