इन्टर्नसिप माग गर्दै चीनमा चिकित्सा अध्ययनरत विद्यार्थी आन्दोलित
काठमाडौं, भदौ २९ : चीनमा चिकित्साशास्त्र अध्ययन गरेर आएको लामो समय भइसक्दा पनि इन्टर्नसिप गर्न नपाएको भन्दै विद्यार्थीहरु आन्दोलित भएका छन् । एमबीबीएस कोर्स पूरा...
काठमाडौं, भदौ २९ : चीनमा चिकित्साशास्त्र अध्ययन गरेर आएको लामो समय भइसक्दा पनि इन्टर्नसिप गर्न नपाएको भन्दै विद्यार्थीहरु आन्दोलित भएका छन् ।
एमबीबीएस कोर्स पूरा भए पनि आफूहरुले इन्टर्नसिप गर्न नपाएको भन्दै उनीहरुले राजधानीको माइतीघरमा विभिन्न नारा अंकित प्लेकार्डसहित प्रदर्शन गरेका थिए।
चीनबाट एमबीबीएस पढेर आएको लामो समयसम्म पनि केही सुनुवाइ नभएको भन्दै उनीहरु आन्दोलित भएका हुन् । उनीहरुले नेपाल मेडिकल काउन्सिलको इन्टर्नसिप नियमको बुँदा नम्बर ३ समेत ध्यानाकर्षणसमेत गराएका थिए।
प्रकाशित मिति: १५:१६ बजे, मंगलबार, भदौ २९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











