Kathmandu Press

असोज १ गतेबाट ललितपुरका विद्यालय खुल्ने 

काठमाडौं, भदौ २९ : ललितपुर महानगरपालिकाभित्रका विद्यालयहरू आगामी असोज १ गतेबाट खुल्ने भएका छन्।महानगरस्तरीय शिक्षा समितिको बैठकको निर्णयपछि महानगरभित्रका संस्थागत र सामुदायिक विद्यालय खुल्ने...
असोज १ गतेबाट ललितपुरका विद्यालय खुल्ने 

काठमाडौं, भदौ २९ : ललितपुर महानगरपालिकाभित्रका विद्यालयहरू आगामी असोज १ गतेबाट खुल्ने भएका छन्।

महानगरस्तरीय शिक्षा समितिको बैठकको निर्णयपछि महानगरभित्रका संस्थागत र सामुदायिक विद्यालय खुल्ने भएका हुन्। पठन पाठन सुरु गर्न लाग्दा विद्यालय व्यवस्थापन समितिले अभिभावक र सरोकारवालासँग समन्वय र छलफल गरेको महानगर शिक्षा शाखाले जनाएको छ।

महानगरले विद्यालय सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड कडाईका साथ अपनाउन निर्देशन दिँदै सामुदायिक विद्यालयलाई मास्क र स्यानिटाइजर प्रदान गर्ने बताएको छ। 

विद्यालयहरुले मापदण्ड पुरा गरे नगरेको अनुगमन समितिले अनुगमन गर्ने बताइएको छ ।

 

प्रकाशित मिति: १४:२० बजे, मंगलबार, भदौ २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्