बेलायती प्रधानमन्त्रीलाई मातृ शोक
लण्डन, भदौ २९ : बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलाई मातृ शेक परेको छ। उनकी माता कार्लोट जोन्सन वाहलको ७९ वर्षमा निधन भएको अधिकारीहरुले जानकारी दिएका...
लण्डन, भदौ २९ : बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलाई मातृ शेक परेको छ। उनकी माता कार्लोट जोन्सन वाहलको ७९ वर्षमा निधन भएको अधिकारीहरुले जानकारी दिएका छन्। उनी व्यवसायिक चित्रकार थिइन्।
उनलाई ४० बर्षको उमेर देखि नै पार्किन्सन रोगले दुःख दिदै आएकोमा अहिले उपचार सफल नभइ उनको निधन भएको हो।
स्थानीय सञ्चार माध्यमहरुले असामयिक रुपमा उनको निधन भएको र त्यसप्रति धेरैले दुःख व्यक्त गरेको समाचार प्रकाशन गरेका छन् ।
लेबर पार्टीका नेता सिर कैर स्तारमरले प्रधानमन्त्री जोन्सनको आमाको निधन भएको खवरले आफूलाई स्तब्ध बनाएको उल्लेख गरेका छन् । उनले जोन्सन परिवारप्रति समवेदना पनि व्यक्त गरेका छन्।
प्रकाशित मिति: १३:४९ बजे, मंगलबार, भदौ २९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












