Kathmandu Press

क्यामरुनमा भिडन्त : नौ जना सैनिक र चार पृथकतावादीको मृत्यु

क्यामरुनमा भिडन्त : नौ जना सैनिक र चार पृथकतावादीको मृत्यु

याउन्दे, भदौ २९ : क्यामरुनको एंगोलोफोनमा भएका पछिल्ला भिडन्तहरुमा परी कम्तीमा पनि नौ जना सैनिकको ज्यान गएको सेनाले जानकारी दिएको छ। साथै ती भिडन्तहरुमा परेर चार जना पृथकतावादी पनि मारिएका छन्। 

प्राप्त समाचारअनुसार यहाँका पृथकतावादीहरुले पछिल्लो हप्ता गरेको आक्रमण र त्यसमा सेनाले गरेको कारबाहीका क्रममा उनीहरु मारिएका छन्।

उक्त एंगोलोफोनमा यहाँका पृथकतावादीहरुले पछिल्लो चार वर्षयता हिंसात्मक विद्रोह गरिरहेका छन्। सो क्षेत्रमा यहाँको सेनाले पनि कारबाहीको प्रक्रिया जारी राखेको बताइएको छ। उनीहरुले यहाँ अलग्गै राज्यको माग राखेर पृथकतावादी आन्दोलन चलाइरहेका छन्।  
 

प्रकाशित मिति: १३:४५ बजे, मंगलबार, भदौ २९, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्