Kathmandu Press

गोरखामा १८ फरार अभियुक्त पक्राउ

गोरखा, भदौ २९ : जिल्ला प्रहरी कार्यालय गोरखाले विभिन्न घटनामा संलग्न १८ फरार अभियुक्तलाई पक्राउ गरेको छ। प्रहरीले जिल्ला अदालत गोरखाबाट विभिन्न मुद्दामा कैद...
गोरखामा १८ फरार अभियुक्त पक्राउ

गोरखा, भदौ २९ : जिल्ला प्रहरी कार्यालय गोरखाले विभिन्न घटनामा संलग्न १८ फरार अभियुक्तलाई पक्राउ गरेको छ। प्रहरीले जिल्ला अदालत गोरखाबाट विभिन्न मुद्दामा कैद तथा जरिवाना फैसला सुनाइ फरार हुँदै आएका अभियुक्तलाई पक्राउ गरी कारागार चलान तथा जरिवाना असुल उपर गरिएको प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए। 

पक्राउ परेका अभियुक्तमध्ये चारजनालाई अदालतको फैसला बमोजिम कैद सजाय भुक्तानीका लागि कारागार चलान गरिएको उनले बताए। दाहालका अनुसार बैंकिङ कसूर शीर्षकमा मुद्दा फैसला गरी सजाय सुनाइएका गण्डकी गाउँपालिका–४ का लोकबहादुर भट्ट, सरकारी कागजात किर्तेशीर्षक मुद्दामा सजाय सुनाइएका शहीद लखन–७, का अनिल तिवारीलाई कारागार चलान गरिएको प्रहरीले जनाएको छ। 

त्यस्तै लागुऔषध मुद्दा सजाय सुनाइएका शहीद लखन गाउँपालिका–६ का नारायण योगी र गोरखा नगरपालिका–९ का रवीन खत्रीलाई पनि पक्राउ गरी जेलचलान गरिएको उनले बताए। पक्राउ परेका अन्य १८ जना अभियुक्तलाई फैसला कार्यान्वयनका लागि सम्बन्धित निकायमा बुझाइ जरिवाना असुल उपर गरी छोडिएको उपरीक्षक दाहालले जानकारी दिए। 

प्रकाशित मिति: १३:३३ बजे, मंगलबार, भदौ २९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्