प्रतिनिधिसभाको बैठक ४ असोजसम्मलाई स्थगित
प्रतिनिधिसभाको बैठक ४ असोजसम्मका लागि स्थगित भएको छ ।
काठमाडौं, भदौ २९ : प्रतिनिधिसभाको बैठक ४ असोजसम्मका लागि स्थगित भएको छ ।
मंगलबारको बैठकमा पनि एमाले सांसदहरूले अवरोध जारी राखे । उनीहरूको अवरोधबीच ‘विनियोजन विधेयक, २०७८’ पारित भयो ।
त्यसपछि राष्ट्रियसभाका पूर्वसांसद रुक्मशम्शेर राणाको निधनप्रति शोक प्रस्ताव पारित भयो । उनको निधनमा सबै सांसदले एक मिनट मौनधारण गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले ४ असोज दिनको एक बजे बस्नेगरी बैठक स्थगित भएको बताए ।
प्रकाशित मिति: १३:३० बजे, मंगलबार, भदौ २९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











