इजिप्टका राष्ट्रपतिसँगको भेट फलदायी : इजरायली प्रधानमन्त्री
जेरुसेलम, भदौ २९ : इजरायलका प्रधानमन्त्री नाफ्तालिया बेनेटले इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसिसँगको भेटवार्ता फलदायी भएको बताएका छन्। प्रधानमन्त्री बेनेटले सोमबार इजिप्टका राष्ट्रपति अब्देल...
जेरुसेलम, भदौ २९ : इजरायलका प्रधानमन्त्री नाफ्तालिया बेनेटले इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसिसँगको भेटवार्ता फलदायी भएको बताएका छन्।
प्रधानमन्त्री बेनेटले सोमबार इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसिसँग भेटवार्ता गरेका थिए।
उनीहरुबीच इजिप्टको सिनाइमा सो भेटवार्ता भएको थियो। उक्त वार्ता निकै नै उपलब्धीमूलक रहेको र यसबाट दुवै देशका बीचमा असल सम्बन्धको स्थापनाका लागि काम भएको प्रधानमन्त्री बेनेटले जानकारी दिए।
प्रधानमन्त्री बेनेटले आफूले इजरायलको प्रधानमन्त्रीका रुपमा इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसिसँग भेटवार्ता गरेर इजरायल र इजिप्टका बीचको सम्बन्धलाई थप उचाइमा पु¥याउने काम गरेको बताएको इजरायली सञ्चारमाध्यमहरुले जानकारी दिएका छन्।
इजिप्टको भ्रमण सकेर इजरायल फर्किएका प्रधानमन्त्री बेनेटको कार्यालयद्धारा सोमबार जारी गरिएको विज्ञप्तिमा सो कुरा जनाइएको छ।












