बैंकिङ कसुर मुद्दामा ३० लाख जरिमाना तोकिएका व्यक्ति पक्राउ
काठमाडौं, भदौ २९ : बैंकिङ कसुर मुद्दामा ३० लाख जरिमाना र सात दिन कैद फैसला सुनाइएका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा...
काठमाडौं, भदौ २९ : बैंकिङ कसुर मुद्दामा ३० लाख जरिमाना र सात दिन कैद फैसला सुनाइएका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१० घर भई काठमाडौं काँडाघारी बस्ने ३९ वर्षीय दीपक कार्की रहेका छन्।
अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले सोमबार दीपकलाई काठमाडौंको काँडाघारीबाट पक्राउ गरेको हो।
दीपकलाई उच्च अदालत पाटनले ०७६ साल फागुन १८ गते बैंकिङ कसुर मुद्दामा ३० लाख जरिमान र ७ दिन कैद फैसला सुनाएको थियो।
उनलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालत पेश गरिएको महाशाखाले जनाएको छ।
प्रकाशित मिति: १२:०८ बजे, मंगलबार, भदौ २९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











