बस र ट्रक ठोक्किँदा तीन जनाको मृत्यु, २४ घाइते
नवलपुरको गैंडाकोटमा बस र ट्रक एक-आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्।
चितवन, भदौ २९ : नवलपुरको गैंडाकोटमा बस र ट्रक एक-आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्।
आज बिहान ४ बजेतिर गैंडाकोट नगरपालिका १० स्थित २३ स्मृति पुल नजिकै सुदूरपश्चिम प्रदेश ०२–००१ ख ११२३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ७१२६ नम्बरको ट्रक ठोक्किएका हुन्।
दुर्घटना हुँदा बस सडकदेखि १० फुट तल खसेको छ। बसमा सवार दुई जना महिला र एकजना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।
उनीहरुको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दिलिप कुमार गिरीले बताए।
दुर्घटनामा २४ जना घाइते भएका छन्। उनीहरुको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ।
प्रकाशित मिति: ०८:२२ बजे, मंगलबार, भदौ २९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











