आज प्रतिनिधिसभाको बैठक बस्दै
काठमाडौं, भदौ २९ : प्रतिनिधिसभाको बैठक आज बस्न लागेको छ। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को विरोध चलिरहेका वेला बैठक बोलाइएको हो।आज दिउसो १...
काठमाडौं, भदौ २९ : प्रतिनिधिसभाको बैठक आज बस्न लागेको छ। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को विरोध चलिरहेका वेला बैठक बोलाइएको हो।
आज दिउसो १ बजे प्रतिनिधिसभाको बैठक बस्न लागेको छ। संसद् सचिवालयका अनुसार बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विद्येयक २०७८ बिचार गरियोस् भनि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
त्यस्तै, आज बस्ने दोस्रो बैठकमा पूर्वसांसद एवं भारतका लागि नेपाली पूर्वराजदूत रुक्मशम्शेर राणाको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। राणाको ८६ वर्षको उमेरमा शनिबार निधन भएको थियो।
एमालेका सांसदले निरन्तर विरोध गर्दै आएपछि भदौ २३ गतेदेखि प्रतिनिधिसभाको बैठक अवरुद्ध हुँदै आएको छ। एमाले विभाजनमा सभामूहले भूमिका खेलेको भन्दै एमालेले विरोध गर्दै आएको छ।
यस विषयमा छलफल गर्न सभामुख अग्निप्रसाद सापकोटाले सोमबार सर्वदलीय बैठक बोलाएका थिए। तर, एमाले नेताहरु उपस्थित नभएपछि कुनै निष्कर्ष निस्कन सकेन।











