Kathmandu Press

थप १४८६ जनामा कोरोना संक्रमण पुष्टि, १६ को मृत्यु

पछिल्लो २४ घण्टामा कुल १६ हजार ५३९ जनाको नमुना परीक्षण गर्दा १४८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
थप १४८६ जनामा कोरोना संक्रमण पुष्टि, १६ को मृत्यु

काठमाडौं, भदौ २८ : पछिल्लो २४ घण्टामा देशभर १४८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कुल १६ हजार ५३९ जनाको नमुना परीक्षण गर्दा १४८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै १ हजार २६० जना कोरोनामुक्त भएका छन् भने थप १६ जनाको संक्रमणका कारण मृत्यु भएको छ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ६३०पुगेको छ। 
 

प्रकाशित मिति: १६:०२ बजे, सोमबार, भदौ २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्