सभामुखले बोलाएको सर्वदलीय बैठकमा सहभागी भएन एमाले
काठमाडौं, भदौ २८ : सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ। संघीय संसद भवन नयाँ वानेश्वरको ल्होत्से हलमा बैठक सुरु भएको हाे ।सभामुख...
काठमाडौं, भदौ २८ : सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ। संघीय संसद भवन नयाँ वानेश्वरको ल्होत्से हलमा बैठक सुरु भएको हाे ।
सभामुख सापकोटाले आह्वान गरेको सर्वदलीय बैठक नेकपा एमालेले बहिस्कार गरेको छ । एमालेले निरन्तर संसद बैठक अवरोध गरेपछि निकास खोज्न सभामुखले बैठक बोलाएका हुन् ।
संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरूसँग अहिले देखिएको गतिरोध अन्त्य गर्न बैठक बोलाइएको हो।
सभामुखले बोलाएको बैठकमा आफूहरू सहभागी नहुने एमालेले बताएकाे छ ।
प्रकाशित मिति: १५:२५ बजे, सोमबार, भदौ २८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











