Kathmandu Press

इरानमा ५.१ म्याग्नीच्युडको भूकम्प

तेहरान, भदौ २८ : इरानमा सोमबार शक्तिशाली भूकम्प आएको छ। अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले ५.१ म्याग्नीच्युडको भूकम्प आएको जनाएको छ।तुर्किमिनिस्तानसँगको सीमा क्षेत्रमा...
इरानमा ५.१ म्याग्नीच्युडको भूकम्प

तेहरान, भदौ २८ : इरानमा सोमबार शक्तिशाली भूकम्प आएको छ। अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले ५.१ म्याग्नीच्युडको भूकम्प आएको जनाएको छ।

तुर्किमिनिस्तानसँगको सीमा क्षेत्रमा पर्ने इरानी भूभागमा सोमबार बिहान भूकम्प आएको अधिकारीहरुले जनाएका छन्।  

भूकम्प सतहदेखि १० किलोमिटर गइराईबाट आएको भूकम्प मापन केन्द्रले जनाएको छ।  भूकम्पबाट अहिलेसम्म कुनै   धन र जनको  क्षति भएको विवरण आइनसकेको सरकारी अधिकारीहरुले बताएका छन्।

प्रकाशित मिति: १४:४९ बजे, सोमबार, भदौ २८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्