Kathmandu Press

एमसिसी सम्झौता अघि बढाए प्रतिकार गर्छौं : प्रकाण्ड

काठमाडौं, भदौ २८ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले एमसिसी सम्झौता अघि बढाउन नहुनेमा जोड दिएका छन्। सो...
एमसिसी सम्झौता अघि बढाए प्रतिकार गर्छौं : प्रकाण्ड

काठमाडौं, भदौ २८ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले एमसिसी सम्झौता अघि बढाउन नहुनेमा जोड दिएका छन्। 

सो सम्झौता जबर्जस्ती अगाडि बढाए प्रतिकार गर्ने चेतावनी पनि उनले दिएका छन्। एमसीसीविरुद्ध आज (सोमबार) काठमाडौंमा गरिएको प्रदर्शनपछि खुलामञ्चमा आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले एमसिसी नेपालको हितविपरीत रहेको जिकिर गरे। उनले कुनै हालतमा पनि एमसिसी सम्झौता अघि नबढाउन दलहरुलाई आग्रह गरे। 

एमसिसी सम्झौता गरी पहिलो गल्ती भइसकेको उल्लेख गर्दै उनले अहिलेको सरकार त्यसलाई सच्याउने अग्रसर हुनुपर्ने बताए।

केही समययता नेपाली जनताले एमसीसीविरुद्ध देशव्यापी रुपमा आन्दोलन गरिरहेको उल्लेख गर्दै उनले शासकहरुले आफ्नो स्वार्थका लागि गलत कदम चाले भने त्यसको प्रतिवाद जनताले गर्ने बताए।

विगतदेखि थुप्रै असमान सन्धिसम्झौता हुँदै आएको र त्यसको एकमुष्ट खारेजी गर्न आन्दोलन आवश्यक रहेको उनको भनाइ थियो।

उनले संसदीय चुनावलाई नेपाली राजनीतिबाट खारेजी गरेर जनमत संग्रहमा जानुपर्ने पनि बताए।

प्रकाशित मिति: १४:३४ बजे, सोमबार, भदौ २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्