एकीकृत समाजवादी प्रदेश २ संसदीय दलको नेतामा चुनिए शत्रुधन महतो
जनकपुरधाम, भदौ २८ : नेकपा एकीकृत समाजवादी प्रदेश २ को संसदीय दलको नेतामा शत्रुधन महतो चयन भएका छन्।उनले एमाले विभाजन भई बनेको एकीकृत...
जनकपुरधाम, भदौ २८ : नेकपा एकीकृत समाजवादी प्रदेश २ को संसदीय दलको नेतामा शत्रुधन महतो चयन भएका छन्।
उनले एमाले विभाजन भई बनेको एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका थिए। जनकपुरधामस्थित प्रदेश निर्वाचन कार्यालयले सो सनाखतलाई सदर गरेलगत्तै महतो संसदीय दलको नेता चुनिएका हुन्।
यसअघि एमाले संसदीय दलका नेता पनि महतो नै थिए। महतो एकीकृत समाजवादीमा गएपछि एमालेले संसदीय दलको नेतामा कसैलाई चयन गरिएको छैन। सो पदमा सांसद सत्यनारायण मण्डल चर्चा भने चल्दै आएको छ।
एकीकृत समाजवादी प्रदेश सरकारमा सहभागी हुने तयारी भइरहेको जनाइएको छ। प्रदेश २ मा एमालेका २१ सांसदमध्ये १३ जनाले एकीकृत समाजवादी रोजेका छन्।
प्रकाशित मिति: १४:०८ बजे, सोमबार, भदौ २८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











