राष्ट्रियसभाबाट ‘लोक सेवा आयोग विधेयक, २०७८’ पारित
काठमाडौं, भदौ २८ : राष्ट्रियसभाबाट ‘लोक सेवा आयोग विधेयक, २०७८’ पारित भएको छ ।एमाले सांसदहरूको अवरोधबीच उक्त विधेयक राष्ट्रियसभाबाट पारित भएको हो ।राष्ट्रियसभाको दोस्रो...
काठमाडौं, भदौ २८ : राष्ट्रियसभाबाट ‘लोक सेवा आयोग विधेयक, २०७८’ पारित भएको छ ।
एमाले सांसदहरूको अवरोधबीच उक्त विधेयक राष्ट्रियसभाबाट पारित भएको हो ।
राष्ट्रियसभाको दोस्रो बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट न्याय, कानून तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘लोक सेवा आयोग विधेयक, २०७५’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव गर्न अनुमति दिएका थिए ।
विधेयकमाथि विधायन व्यवस्थापन समितिबाट भएका संशोधनहरू विधेयकको अंग बनोस् भन्ने प्रस्ताव अध्यक्ष तिमिल्सिनाले निर्णयार्थ प्रस्तुत गरेका थिए । उक्त प्रस्ताव बहुमतले पारित भएपछि ‘लोक सेवा आयोग विधेयक, २०७८’ पारित गरियोस् भन्ने प्रस्ताव मन्त्री कार्कीले गरेका थिए ।
र, उक्त विधेयक अध्यक्ष तिमिल्सिनाले निर्णयार्थ प्रस्तुत गरेका थिए । बहुमतबाट विधेयक पारित भएको थियो ।
त्यसपछि राष्ट्रियसभाका पूर्वसदस्य रुक्मशम्शेर राणाको निधनमा शोक प्रस्ताव पारित भएको थियो । राष्ट्रियसभाको बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ ।











