Kathmandu Press

पाकिस्तानमा भिषण वर्षा, १२ को मृत्यु

इस्लामावाद, भदौ २८ : पाकिस्तानमा भिषण वर्षा भएको छ। सो वर्षामा परेर कम्तीमा पनि १२ जनाको ज्यान गएको समाचारमा जनाइएको छ। प्राप्त समाचारअनुसार पाकिस्तानको...
पाकिस्तानमा भिषण वर्षा, १२ को मृत्यु

इस्लामावाद, भदौ २८ : पाकिस्तानमा भिषण वर्षा भएको छ। सो वर्षामा परेर कम्तीमा पनि १२ जनाको ज्यान गएको समाचारमा जनाइएको छ। प्राप्त समाचारअनुसार पाकिस्तानको उत्तरपश्चिमी प्रान्त खैबर पाक्थुन्क्वामा भिषण मात्रामा वर्षा भएको छ। 

गत शनिबारदेखि निरन्तर पानी परिरहेको अधिकारीहरुले जनाएका छन्। वर्षापछि पहिरो गएको र त्यसमा केही घर पनि बगेका जनाइएको छ। उद्धारको काममा खटेका यहाँका अधिकारीहरुले यहाँ भएको क्षतिको पूर्ण विवरण आउन नसकेको बताएका छन् भने वर्षाका कारण अहिलेसम्म १२ जनाको ज्यान गएको पनि बताएका छन्। 

एकै ठाउँमा निकै ठूलो वर्षा भएको र सो निरन्तर रहेपछि बाढी र पहिरो आएको बताइएको छ। कतिपय बगेका घरमा परेर मानिसको निधन भएको अनुमान गरिएको छ भने, केही घाइते भएकाहरुलाई अस्पताल भर्ना गरिएको बताइएको छ।

प्रकाशित मिति: १३:२३ बजे, सोमबार, भदौ २८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्