Kathmandu Press

एमाले सांसदहरूको अवरोधबीच अगाडि बढ्यो राष्ट्रियसभा बैठक

एमाले सांसदहरूको अवरोधका बीच राष्ट्रियसभाको बैठक अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अगाडि बढाएका छन् ।
एमाले सांसदहरूको अवरोधबीच अगाडि बढ्यो राष्ट्रियसभा बैठक

काठमाडौं, भदौ २८ : एमाले सांसदहरूको अवरोधका बीच राष्ट्रियसभाको बैठक अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अगाडि बढाएका छन् ।

सोमबारका लागि तय भएका क्रमसंख्या १ (ख) र क्रमसंख्या २ को ‘क’देखि ‘घ’सम्मका विषय कार्यसूचीबाट हटाइएको जानकारी अध्यक्ष तिमिल्सिनाले सांसदहरूलाई गराए ।

त्यसपछि क्रमसंख्या १ (क) अनुसार विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङको तर्फबाट सांसद ठगेन्द्रप्रसाद पुरीलाई प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त लोक सेवा विधेयक, २०७५ सम्बन्धी समितिको प्रतिवेदन प्रस्तुत गर्न अनुमति दिए ।

पुरीले समितिको प्रतिवेदन टेबल गरेपछि राष्ट्रियसभाको बैठक १५ मिनटका लागि स्थगित भएको छ ।

प्रकाशित मिति: १३:२२ बजे, सोमबार, भदौ २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्