Kathmandu Press

घोडीघोडा लघुवित्तको विशेष साधारण सभा असोज १६ गते

काठमाडौं, भदौ २८ : घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडले असोज १६ गते पहिलो विशेष साधारण सभा आयोजना गर्दैछ।कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले...
घोडीघोडा लघुवित्तको विशेष साधारण सभा असोज १६ गते

काठमाडौं, भदौ २८ : घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडले असोज १६ गते पहिलो विशेष साधारण सभा आयोजना गर्दैछ।

कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले पहिलो विशेष साधारण सभा गर्ने निर्णय गरेको हो।

कैलालीको धनगढीस्थित होटल रुवस बैयाबेहडीमा बिहान ११ बजे सो  विशेष साधारण सभा सभा गर्न लागिएको हो । सोही सभाले घोडीघोडा लघुवित्त र युनिक लघुवित्त वित्तीय संस्था आपसमा गाभ्ने प्रस्ताव पनि पारित गर्ने कम्पनीले जनाएको छ।

घोडीघोडा लघुवित्तको १०० कित्ता सेयरबराबर युनिक लघुवित्तको ५० कित्ता शेयर (१ः०.५०) शेयर अदानप्रदान अनुपातलाई पारित गर्ने जनाइएको छ।  

यी दुई कम्पनी आपसमा गाभिने प्रारम्भीक समझदारीपत्रमा गत वर्ष  कात्तिक २१ गते हस्ताक्षर भएको हो। सोही वर्षको कात्तिक २३ यता सेयर कारोबार रोक्का छ।

प्रकाशित मिति: १३:१२ बजे, सोमबार, भदौ २८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्