Kathmandu Press

राष्ट्र बैंकले असोज ४ देखि नयाँ नोट वितरण गर्ने

काठमाडौं, भदौ २८ : हरेक वर्ष दसैंअगाडि नयाँ नोट साट्ने प्रचलन छ। राष्ट्र बैंकले पनि निश्चित मिति र समय तोकेर नयाँ नोट वितरण गर्ने...
राष्ट्र बैंकले असोज ४ देखि नयाँ नोट वितरण गर्ने

काठमाडौं, भदौ २८ : हरेक वर्ष दसैंअगाडि नयाँ नोट साट्ने प्रचलन छ। राष्ट्र बैंकले पनि निश्चित मिति र समय तोकेर नयाँ नोट वितरण गर्ने व्यवस्था गर्दै आएको छ।

यसपटकको दसैंका लागि नेपाल राष्ट्र बैंकले असोज ४ गतेदेखि नयाँ नोट वितरण गर्न लागेको छ। बालुवाटारस्थित आफ्नो कार्यालय तथा सबै प्रादेशिक कार्यालयहरुबाट नयाँ नोट वितरण गर्ने राष्ट्र बैंकले जानकारी दिएको छ।

नयाँ नोट वितरणका लागि ‘क’ वर्गका प्रायः सबै बैंकहरु र केही विकास बैंक तथा फाइनान्स कम्पनीहरुले राष्ट्र बैंकबाट नयाँ नोट लगिसकेको जनाइएको छ।

कोरोना कारण गत वर्ष भने राष्ट्र बैंकले नयाँ नोट वितरण गरेन। यस वर्ष कोरोना संक्रमण निकै घटेको अवस्था रहेकाले नयाँ नोट वितरण गर्न लागेको राष्ट्र बैंकको भनाइ छ।

प्रकाशित मिति: १२:५५ बजे, सोमबार, भदौ २८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्