Kathmandu Press

इराकी प्रधानमन्त्री इरानमा

तेहरान, भदौ २८ : इराकी प्रधानमन्त्री मुस्ताफा अल–कादिमी इरान पुगेको समाचारमा जनाइएको छ। उनी आइतबार इरानको राजधानी तेहरान पुगेको विभिन्न अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका...
इराकी प्रधानमन्त्री इरानमा

तेहरान, भदौ २८ : इराकी प्रधानमन्त्री मुस्ताफा अल–कादिमी इरान पुगेको समाचारमा जनाइएको छ। उनी आइतबार इरानको राजधानी तेहरान पुगेको विभिन्न अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन्। 

समाचार एजेन्सीहरुका अनुसार प्रधानमन्त्री मुस्ताफाले इराकको उच्चस्तरीय राजनीतिक तथा आर्थिक टोलीको नेतृत्व गरी इरान पुगेका हुन्। 

उनले इरानका आफ्ना समकक्षीसँग विभिन्न द्धिपक्षीय तथा अन्य आन्तरिक विषयमा वार्ता गर्ने बताइएको छ। प्रधानमन्त्री मुस्ताफाले इरानी राष्ट्रपति इब्राहिल राइसीसँग वार्ता गर्नेछन्। 

त्यसक्रममा उनीहरुबीच आपसी हितका साथै क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयहरुमा कुराकानी गर्ने बताइएको छ। साथै सो वार्तापछि इराक र इरानका विभिन्न सहमती र समझ्दारी हुने पनि बताइएको छ। तर के कति विषयमा यी दुई देशका बीचमा सहमति हुदैछ भन्ने बारेमा भने केही बताइएको छैन। 
 

प्रकाशित मिति: १२:४८ बजे, सोमबार, भदौ २८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्