Kathmandu Press

यमनमा साउदी अरेबियाली सेनाको कारबाहीमा २० जना बढी हुथी विद्रोहीको मृत्यु

खार्तोम, २८ भदौ : यमनमा साउदी अरेबियाली सेनाको कारबाहीमा परी २० भन्दा बढी हुथी विद्रोहीको ज्यान गएको छ। यमनको मारिब प्रान्तमा ती विद्रोही मारिएका हुन्।...
यमनमा साउदी अरेबियाली सेनाको कारबाहीमा २० जना बढी हुथी विद्रोहीको मृत्यु

खार्तोम, २८ भदौ : यमनमा साउदी अरेबियाली सेनाको कारबाहीमा परी २० भन्दा बढी हुथी विद्रोहीको ज्यान गएको छ। 

यमनको मारिब प्रान्तमा ती विद्रोही मारिएका हुन्। ती विद्रोहीहरु सो प्रान्तमा पहिलेदेखि नै कब्जा जमाइ बसेका थिए। 

सोही सूचनाका आधारमा उक्त क्षेत्रमा साउदी अरेबियाले नेतृत्व गरेको सेनाले हवाई कारबाही गरेको थियो। 

त्यस कारबाहीका क्रममा ती सैनिक मारिएका समाचारमा जनाइएको छ। शनिबार साँझ सो कारबाही भएको थियो। 

त्यसैगरी शनिबार नै मारिब प्रान्तको पश्चिमी जिल्ला रबाहमा पनि उक्त सेनाले आक्रमण गरेको थियो। 

त्यस आक्रमणमा परेर पनि केही हुथी विद्रोही मारिएको आशंका गरिएको छ। तर सो समाचारको स्वतन्त्र रुपमा पुष्टि भने भएको छैन। 

मारिबमा भएको हवाई कारबाहीको भने यमनको सेनाले पुष्टि गरेको समाचारमा जनाइएको छ। 
 

प्रकाशित मिति: १२:३७ बजे, सोमबार, भदौ २८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्