एकीकृत समाजवादी प्रदेश १ संसदीय दलको नेतामा राजेन्द्र राई चयन
काठमाडौं, भदौ २८ : नेकपा (एकीकृत समाजवादी) प्रदेश १ संसदीय दलको नेतामा राजेन्द्र राई चयन भएका छन्।आज (सोमबार) बसेको संसदीय दलको बैठकले उनलाई...
काठमाडौं, भदौ २८ : नेकपा (एकीकृत समाजवादी) प्रदेश १ संसदीय दलको नेतामा राजेन्द्र राई चयन भएका छन्।
आज (सोमबार) बसेको संसदीय दलको बैठकले उनलाई दलको नेता चयन गरेको हो।
एमाले विभाजन भएर बनेको एकीकृत समाजवादीमा सनाखत गरेका १० प्रदेश सांसदलाई निर्वाचन आयोगले शुक्रबार मान्यता दिएको थियो।
उक्त मान्यता दिएसँगै आज एकीकृत समाजवादीका सांसदहरूको बैठक बसेको हो, जुन संसदीय दलको पहिलो बैठकका रूपमा रहेको छ।
एकीकृत समाजवादी रोज्ने राईका अलावा प्रदेश १ का अन्य सांसदमा राजन राई, उपेन्द्र घिमिरे, सावित्रा रेग्मी, खिनु लङ्वा लिम्बू, गणेश काङमाङ, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, सुनिता चौधरी र सरिता थापा छन्।
१० सांसद एकीकृत समाजवादीमा गएसँगै एकल बहुमत रहेको एमाले नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेको छ।
प्रकाशित मिति: १२:१७ बजे, सोमबार, भदौ २८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











