Kathmandu Press

एकीकृत समाजवादीले असोज ५ का लागि बोलायो केन्द्रीय कमिटी बैठक

काठमाडौं, भदौ २८ : नेकपा (एकीकृत समाजवादी) ले असोज ५ गतेका लागि केन्द्रीय कमिटी बैठक बोलाएको छ।पार्टीको सांगठनिक कामकारबाहीबारे छलफल गर्न  बैठक बोलाइएको एक...
एकीकृत समाजवादीले असोज ५ का लागि बोलायो केन्द्रीय कमिटी बैठक

काठमाडौं, भदौ २८ : नेकपा (एकीकृत समाजवादी) ले असोज ५ गतेका लागि केन्द्रीय कमिटी बैठक बोलाएको छ।

पार्टीको सांगठनिक कामकारबाहीबारे छलफल गर्न  बैठक बोलाइएको एक नेताले बताए। बैठकले पार्टी जिल्ला नेतृत्वको जिम्मेवारी तोक्ने, जनवर्गीय सङ्गठन बनाउने बताइएको छ।

नेकपा एमालेबाट विभाजित भई भदौ ९ गते नयाँ दलको मान्यता पाएयता एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक राखिएको थिएन।

असोजमा यो पार्टीले पहिलो पटक केन्द्रीय कमिटी बैठक गर्न लागेको हो।

प्रकाशित मिति: १२:०३ बजे, सोमबार, भदौ २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्