Kathmandu Press

गण्डकी प्रदेशमा थपिए १९२ जनामा कोरोना संक्रमित 

काठमाडौं, भदौं २७ : गण्डकी प्रदेशमा थप १९२ जनामा कोरोना भाइरसको संक्रमण थपिएका छन् । पछिल्लो २४ घण्टामा १ हजार १२४ जनाको नमुना...
गण्डकी प्रदेशमा थपिए १९२ जनामा कोरोना संक्रमित 

काठमाडौं, भदौं २७ : गण्डकी प्रदेशमा थप १९२ जनामा कोरोना भाइरसको संक्रमण थपिएका छन् । पछिल्लो २४ घण्टामा १ हजार १२४ जनाको नमुना परीक्षण गरिएकामा १९२ जनामा संक्रमण देखिएको हो ।

प्रदेशका ३ जिल्लामा गरिएको नमूना परीक्षणमा सबैभन्दा धेरै संक्रमित कास्कीमा भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसञ्‍चालन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार कास्की १२८, स्याङ्जा ८, मनाङ १७, मुस्ताङ २०, म्यादी १, गोरखा १, लमजुङ ३ र तनहुँमा १४ जनामा संक्रमण देखिएको हो ।

Hardik ivf

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८३ हजार ५०१ पुगेको छ । गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको छ । पर्वत, फलेवास नगरपालिका वडा नम्बर २ का २६ वर्षीय कोरोना संक्रमित पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३३२ पुगेको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा १६६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ८० हजार ४४१ पुगेको छ ।

त्यसैगरी गण्डकीमा सक्रिय संक्रमितको संख्या १ हजार ७२८ पुगेको निर्देशनालयले जानकारी दिएको छ ।

प्रकाशित मिति: २१:०१ बजे, आइतबार, भदौ २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्